मृत फेला परेका कलाकार सारूकको फोनमा भेटियो सुसाइड नोट
काठमाडाैं | साउन १४, २०८०
काठमाडौं: आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ।
काठमाडौंको रातोपुलस्थित घरमा असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको हो।
प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाएको उक्त रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो।
सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उल्लेख गरेको प्रहरीले बताएको छ।
सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले ‘इन्टु मिन्टु लण्डनमा', 'मेरी मामु', 'रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्।
असार २१ गते मृत भेटिनुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। फिल्ममा उनीसँगै नम्रता श्रेष्ठको मुख्य भूमिका थियो।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

